
by Suraj Subedi
"पल्पसा क्याफे अब मेरो मात्र कृति रहेन । यो उपन्यासको मात्रै पनि रहेन । यसका पात्रहरूले स्वतन्त्र उडान भरिसकेका छन् । किताबलाई परिभाषित गर्ने अब म मात्र रहिनँ । यस नाटकले पल्पसा क्याफेलाई नयाँ प्वाँखहरू दिएको छ । अब यो उड्यो । अब पाठकले मलाई भेट्दा पल्पसा क्याफे पढेको छु मात्र हैन, हेरेको छु पनि भन्न पाउने भए ।"
- नारायण वाग्ले
सुरज सुवेदी युवा पुस्ताका प्रतिभाशाली अनुवादक तथा स्तम्भकार हुन् । पल्पसा क्याफे उपन्यासलाई नाट्य रूपान्तरण गर्नुअघि उनले जो स्यलसको इम्प्रोभाइजिङ रियल लाइफ, पर्सनल स्टोरी इन प्लेब्याक थिएटर (सन् १९९३) पुस्तकलाई नेपालीमा अनुवाद गरेका थिए। साथै, विख्यात भजाइना मोनोलग नाटकको नेपाली संस्करण प्राइभेट इज पोलिटिकल (सन् २०१९) को पनि सहलेखन गरेका थिए ।