शेष प्रश्न बङ्गाली उपन्यासकार शरत्चन्द्रको विशिष्ट कृति हो। यसमा स्वाभिमानी स्त्री कमलको कथा छ। कतिका लागि चरित्रहीन' उनी यथार्थमा चट्टानझैँ छिन्। कमलको जीवन अत्यधिक घटनामय छ, अनि चाखलाग्दो पनि। कमल नदी हुन्, जो कुनै बाँधसामु रोकिन्नन्। कमल जब बन्छिन् कुनै स्थिर जलकुण्ड, त्यहाँ प्रवाहको अभिलाषा नै शेष भएझैँ लाग्छ। जब फेरि बन्धनले ऐंठन गराउँछ, तब कमलभित्र जस्तै किनारासमेत भत्काउने तुफान पैदा हुन्छ। तिनै सुन्दरी - स्वाभिमानी कमलको चाखलाग्दो कथा हो, शेष प्रश्न।

