Salaha

सलह

Shrawan Mukarung

साहित्यमा स्थापित नाम हो, श्रवण मुकारुङ । चार दशक लामो उनको रचनाकर्मले सांस्कृतिक, सामाजिक, राजनीतिक चेतनालाई सधैँ नेतृत्व गरिरहेको हुन्छ । जनआन्दोलन २०६२-६३ ताका सृजित कविता ‘बिसे नगर्चीको बयान’ त्यसकै एउटा दृष्टान्त हो ।
उपन्यासकी मूल पात्र नायुमा र तिनका सहपात्रमार्फत सुन्दर कथा उनेका छन्, लेखकले । काव्यिक कथनशैली र भाषाको मृदुलताले सलह विशिष्ट बनेको छ । आकाशमा उड़ने सलह अँध्यारो अँगाल्दै आउँछ तर यो सलह उज्यालो उघार्दै तपाईंको हातमा आइपुगेको छ ।

FormatPaperback
ISBN (Paperback) 9789937199889
Pages 440
Language Nepali
Genre Fiction
Publication Date 2026-04-11
Shrawan Mukarung

Shrawan Mukarung

श्रवण मुकारुङ नेपाली साहित्य जगतमा लोकप्रिय कवि तथा गीतकार हुन्। उनको बिसे नगर्चीको बयान कविता निक्कै चर्चित नेपाली कवितामा गनिन्छ । मुकारुङको जन्म वि.सं. २०२१ साल जेठ २६ गते भोजपुर नेपालमा भएको हो । सर्वश्रेष्ठ गीतकार (रेडियोनेपाल, २०४७), राष्ट्रिय कविता महोत्सवमा द्वितीय (२०४८), राष्ट्रिय कविता महोत्सवमा प्रथम (२०५३), युवा स्रष्टा सम्मान (२०५६), रवीन्द्र गीत सम्मान (२०५६), मोहन रेग्मी स्मृति पुरस्कार (२०५९), युवा वर्ष मोती पुरस्कार (२०६०), समय सम्मान (२०६२), लोकेन्द्र साहित्य पुरस्कार (२०६२), जीवन स्मृति पुरस्कार (२०६३), शुभप्रभात काव्य सम्मान (२०६३), स्रष्टा सम्मान (२०६४), विशिष्ट सम्मान (सन्२००७), विशिष्ट सम्मान (सन् २००७) जस्ता सम्मान तथा पुरस्कारबाट सम्मानित कवि श्रवण मुकारुङ हाल नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभागका प्रमुख हुनुहुन्छ । उहाँको देश खोज्दै जाँदा (२०४९), जीवनको लय (कवितासङ्ग्रह, २०६०); हिउँको दरबार (गीतसङ्ग्रह, २०५३); यलम्बर (नाटक, २०५३); फूलको आवाज (२०५५), निष्कर्ष(२०५७), Geaso Movement for Equality (एलबम, २०६३); बिसे नगर्चीको बयान र अन्य कविता (भीसीडी, २०६३) आदी प्रकाशित छन् । 

Shrawan Mukarung is a renowned Nepali poet, born on 26th Jestha 2025 BS in Dilpa Village, Bhojpur District. He has published two poetry collections, a book of songs, and a drama. In recognition of his contributions, he received the Moti Award from the National Youth Service in 2003.