
२०५२ को सशस्त्र बिद्रोहदेखि २०६२/२०६३ को जनआन्दोलन हुँदै गणतन्त्र स्थापना र मधेश आन्दोलनसम्मका घटनाक्रमको चित्र छ । उपन्यासले मयुर टाइम्स पत्रिकामार्फत काठमाडौँ बाहिरका पत्रकारिताका दु:ख-सुख सार्वजनिक गरी आदर्श र निष्पक्ष पत्रकारिताको वकालत गर्न खोजेको छ ।
Mayur Times is written in the backdrop of Nepal’s protracted political conflict. The book revolves around Nepal’s transitional crisis. The protagonists Parag and Lisara are both journalists.
नारायण वाग्लेको यो दोस्रो उपन्यास हो । उनको पल्पसा क्याफेले २०६१ सालको मदन पुरस्कार पाएको थियो। यो उपन्यास द्वन्द्वोत्तर संक्रमणकालका संघर्षको पृष्ठभूमिमा आधारित छ। २०२५ सालमा तनहुँमा जन्मेका वाग्ले क्याम्पस पढ्न काठमाडौं आए। २०४७ सालको परिवर्तनपछि पत्रकारितामा लागेर त्यसमै हुर्किंदै कान्तिपुर र नागरिकको सम्पादक बने । दुई साहसिला पत्रकारको भोगाइमार्फत् यस उपन्यासले समकालीन नेपालको सजीव चित्रण गरेको छ।
पत्रकार नारायण वाग्लेको जन्म वि.सं. २०२५ साल असार ४ गते धरमपानी, क्यामिन-छापथोक गाउँ विकास समिति तनहुँमा भएको हो। उनले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्। उनका पल्पसा क्याफे, मयुर टाइम्स र कोरियाना कफी गफ पुस्तक प्रकाशित छन्। पल्पसा क्याफे मदन पुरस्कार पाउने पुस्तक पनि हो।
Narayan Wagle is a Nepali journalist and novelist. He was the editor of Kantipur Daily, one of Nepal's largest circulating newspapers, until 2008, and was the editor of Nagarik News until May 18, 2012. Wagle's novel Palpasa Cafe won a Madan Puraskar award.