
by Radha Paudel
Khalangama Hamala is the war memoir of a health worker written during the Maoist insurgency at Jumla, Nepal. It has also won the Madan Puraskar which is the most recognized literary award in Nepal. The book has also been translated to English.
'बा, हामी गरिब छौ है ?' 'हामीभन्दा गरिब त जुम्लामा बस्छन् ।' 'बा, तिनीहरूसँग लाउनेखाने पनि छैन ?' 'पुग्दो छैन ।' 'पढ्न नि पाउँदैनन् ?' 'धेरैले पाउँदैनन् ।' 'अनि हामीजस्तै अँध्यारैमाबस्नुपर्छ हो ?' 'हामीभन्दा नि अँध्यारोमा बस्छन्, तिमीले धेरै पढेर जुम्लाका गरिबहरूको सेवा गर्नुपर्छ है ।'
राधा पौडेल चितवनमा नर्सको सरकारी जागिर छाडेर सुरक्षित मातृत्व कार्यक्रमका लागि जुम्ला गएकी थिइन् । कर्णालीका सामाजिक र स्वास्थ्यगत् समस्या केलाउँदै थिइन्, माओवादीको सदरमुकाम आक्रमणको रात आफै सशस्त्र द्वन्द्वको भुक्तमान भइन् ।
कार्यक्रम सकियो, उनको जुम्ला बसाइ सकिएन । निरन्तर सामाजिक सक्रियताबापत् उनलाई नेपाल सरकारले 'युवा प्रतिभा पुरस्कार २०७०' बाट सम्मानित गरेको छ । उनलाई संयुक्त राज्य अमेरिकास्थित युनिभर्सिटी अफ स्यानडियागोले 'वुमन पिसमेकर - २०१२' र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले 'एन-पिस अवार्ड २०१२' सम्मान प्रदान गरेका छन् ।उनको यो पहिलो कृतिले २०७० को मदन पुरस्कार प्राप्त गरेको छ ।
राधा पौडेल (जन्म: वि.सं. २०३०) नेपालकी एक महिला साहित्यकार हुन् । खलंङ्गामा हमला-एउटी नर्सको डायरी कृतिको लागि उनलाई विसं २०७१ मा मदन पुरस्कार प्रदान गरिएको थियो ।खलङ्गामा हमला उनको पहिलो कृति हो । उनको मुख्य पेशा नर्सिङ हो । आफुले भोगेका, देखेका कुरा डायरीमा टिपोट गर्ने उनको बानीले नै उनलाई लेखक बनाएको हो । कामका सिलसिलामा खलङ्गा पुगेकी उनले द्धन्द्धकालका नमीठा घट्नासँग पनि सामना गर्नुपर्यो । यो कृति खलङ्गा हमलाकै दस्तावेज हो ।
Radha Paudel was born in Mangalpur and raised in Gauriganj, Chitwan, Nepal. Her childhood experiences of discrimination, abuse, and violence encouraged her to speak in support of gender justice through her position as a humanitarian activist, nurse, and writer. She has survived years of menstrual restriction, abuse, violences and war. She dedicates her time to be a voice for those who have been silenced their entire lives, especially young girls and women in Nepal. Radha Paudel employs the three E’s (Education, Empower, and Emancipate) visibly through her work.