Jagajjanani Uski Aamako Naam Hoina's front cover
Jagajjanani Uski Aamako Naam Hoina's front coverJagajjanani Uski Aamako Naam Hoina's back cover
Get this book
Paperback Rs 675 Buy
eBook Rs 295 Buy
Buy paperback · Rs 675
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
जगज्जननी उसकी आमाको नाम होइनJagajjanani Uski Aamako Naam Hoina

by Narayan Dhakal

साहित्यकार नारायण ढकालका छ उपन्यास (पीत संवाद, दुर्भिक्ष, प्रेतकल्प, वृषभ वध, हजार माइलको बाटो र जगज्जननी उसकी आमाको नाम होइन), सात कथासङ्ग्रह (शहर यन्त्र, इरफान अली, बहिर्गमन, आत्महन्ता, इन्द्रजाल, नारायण ढकालका कथा र तमस), तीन निबन्धसङ्ग्रह (तीन संवत्सर, शोकमग्न यात्री र अन्तिम पात), एक कवितासङ्ग्रह ( नरकको ढोका), दुई बालकथासङ्ग्रह (मुसेकान्छाको करामत र गोमाको यार्लिङ) प्रकाशित छन् । ढकाल २०२७ देखि २०३२ सम्म हङ्ग्री जेनरेसनमा सक्रिय थिए । गम्भीर अध्येता ढकाल साहित्यलाई कोरा साहित्यका रूपमा मात्र नहेरी राजनीति, इतिहास, अर्थशास्त्र, समाजप्रतिको प्रश्न र प्रतिबद्धताका रूपमा अर्थ्याउँछन् ।

हे जगज्जननी ! तिमी नै भन, 
अब मेरो भविष्य के हुन्छ ? 
यो एक प्रार्थना हो, तिम्रो चरणकमलमा- 
म सबै प्रकारका यातना खप्न तयार छु
तर, मारिन तयार छैन
म लोकेन्द्र थापाको परिचयमा मर्न चाहन्नँ 
म आफू भएर बाँच्न चाहन्छु
म सग्लो सिद्धार्थ गौतम भएर बाँच्न चाहन्छु

Book details

Genre
Fiction
Language
Nepali
Format
Paperback
Published
February 21, 2026
ISBN-13
9789937 984270
ISBN-10
9937984270
Weight
209 g
Narayan Dhakal

About the author

Narayan Dhakal

नारायण ढकाल

पिता नागेन्द्रप्रसाद ढकाल र माता शान्ता ढकालका दोस्रो गर्भ तथा पहिलो पुत्रका रूपमा जन्मिएका ढकालका पुर्खााको पेशा ज्योतिष रहेको थियो । हाल पत्रकार, राजनीतिज्ञ, कवि, उपन्यासकार र निबन्धकारका रूपमा आफ्नो व्यक्तित्व सबल बनाएका ढकाल २०२८ सालको ‘दमन’ साहित्यिक पत्रिकामा ‘विस्थापित’ नामक कथा प्रकाशन गरी साहित्यमा प्रवेश गरेका हुन् । उनका सहर यन्त्र(२०५०), इरफान अलि(२०५१), बहिर्गमन(२०६१) कथासङ्ग्रह, मुसे कान्छाको करामत(२०५९), गोमाको यार्लिङ्(२०५९) बालकथा सङ्ग्रह प्रकाशित रहेका छन् । त्यस्तै पीत संवाद(२०५५), दुर्भिक्ष(२०६१), प्रेतकल्प(२०६५) तीनवटा उपन्यास र तिन संवत्सर र शोकमग्न यात्री निबन्ध सङ्ग्रह प्रकाशित छन् । 

View all books by Narayan Dhakal