Binod Chaudhary's front cover
Binod Chaudhary's front coverBinod Chaudhary's back cover
Get this book
Paperback Rs 545 Buy
eBook Rs 225 Buy
Buy paperback · Rs 545
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
विनोद चौधरीBinod Chaudhary

by Binod Chaudhary

एसएलसीमा बोर्ड पाँचौं भएका विनोद चौधरीले पारिवारिक कपडा व्यापारको घेरोबाट बढेर डिस्को खोले । एल्बम निकाले । फिल्म बनाए । वाइवाइ । उत्पादन थाले । उनको चौधरी ग्रुप अहिले बैंक, बिमा, फाइनान्स र हाउजिङदेखि सफ्ट ड्रिङ्क, बियर, चुरोट, खाद्यवस्तु र इलेक्ट्रोनिक सामग्री उत्पादनसम्म फैलिएको छ । उनले निजी क्षेत्रको पहिलो औद्योगिक पार्क । 'गंगादेवी चौधरी उद्योग ग्राम' स्थापना गरेका छन् ।

चौधरीले विदेशीसँगको साझेदारीमा दक्षिण तथा दक्षिणपूर्वी एसिया र मध्यपूर्वका होटल, रियलस्टेट र उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । भारतको ताज ग्रुप र थाइल्यान्डको इनभिजनसँग संयुक्त लगानी गरेका छन् । शाही परिवार, प्रधानमन्त्री तथा नेताहरुदेखि प्रभावशाली विदेशी व्यवसायीहरूसम्मको उनको नालीबेली सम्बन्ध चाखलाग्दो छ ।

चौधरी अमेरिकाको फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सन् २०१३ का विश्व अर्बपतिहरूको सूचीमा सामेल । पहिलो नेपाली व्यवसायी हुन् । यो आत्मकथा विनोद चौधरी सँगसँगै नेपालको एक अग्रणी व्यापारिक घराना चौधरी ग्रुपको आरोह -अवरोहको गाथा हो ।

The autobiography covers Chaudhary’s life from a student at a government school in Gana Bahal, playing and growing in the streets of Khichapokhari, running a discotheque, pursuing a hobby as a singer and a filmmaker, leading the Nepali business community, expanding beyond Nepal and reaching a place where any other Nepali is yet to reach.

'विनोद, मैले एपोलो स्टिलको सेयर गोल्छालाई दिने निर्णय गरें ।'

'सरकार, यस्तो कसरी गर्न सकिबक्सिन्छ ?' 'किन सक्दिनँ ?' अधिराजकुमारी प्रेक्षाले हकार्नुभयो ।

आवरण तस्बिर : किशोर कायस्थ

'यो उद्योगमा मेरो ५१ प्रतिशत सेयर छ, धीरेन्द्र सरकारले देखाइबक्सेको सदासयका कारण ४८ प्रतिशत सेयर दिएको हुँ, मौसुफ कसरी एकैचोटि जसलाई पायो त्यसलाई सामेल गराउन सकिबक्सिन्छ ?'

'ह्वाट !' उहाँले झोक्किदै भन्नुभयो, 'सो यु आर गोइङ टु डिसओबे माई अर्डर ?'

'म चाहेर पनि मौसुफको आदेश पालना गर्न सक्दिनँ सरकार ।'

'ह्वाट डु यु मिन ?' 'मैले यो उद्योग चलाउन बैंकबाट ऋण लिएको छु । बैंकले मेरै नाममा ऋण दिएको छ ।'

'सो ह्वाट !' उहाँले अनुहार रातो पार्नुभयो । बुवा तर्सिनुभएछ । हात समातेर मलाई रोक्न खोज्नुभयो । म रोकिइनँ ।

 

Book details

Genre
Autobiography
Language
Nepali
Format
Paperback
Edition
1st
Published
2013
Pages
352
ISBN-13
9789937905831
ISBN-10
9937905834
Weight
279 g
Binod Chaudhary

About the author

Binod Chaudhary

विनोद चौधरी

बिनोद चौधरी नेपालका प्रख्यात उद्योगपति हुनुका साथै लेखक पनि हुन्। उनी चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक हुन् र नेपालका पहिलो अर्बपति हुन्।  उनको पुस्तक 'बिनोद चौधरी आत्मकथा' पाठकले निकै रुचाएको पुस्तक हो।

View all books by Binod Chaudhary