
by Nabin Jirel
१३ वर्षको अल्लारे उमेरमै क्रान्तिमा होमिएका किशोरको कथा हो ‘भीषण दिनहरु । किशोर उमेरमै मावोवादी छापामार बनेका लेखक जिरेलको प्रत्यक्ष लडाइँमा होमिएदेखी लडाकु शिविरबाट बिदा हुंदासम्मका घटनाको वर्णन पाउन सकिन्छ ।यो जिरेलको आत्मकथाका साथै शसस्त्र द्धन्द्धका क्रममा नेपालले व्यहोरोको सामाजिक अवस्थाको दस्तावेज पनि हो ।
This book is a story of a committed Maoist child soldier who spent his entire teenage years during the conflict killing and nearly being killed. The author recounts the memories of his childhood, the battles he fought, and his years languishing in a cantonment after the conflict in this gripping book.
नबिन जिरेल मात्र १३ वर्षको उमेरमा माओवादी जनयुद्धमा होमिएका एक पूर्व बाल लडाकु हुन्। सशस्त्र द्वन्द्वको समयमा उनले बन्दुक बोकेर अग्रपंक्तिमा लड्नुका साथै पार्टीको लागि सुराकी (जासुस) को रूपमा समेत जोखिमपूर्ण काम गरे। देशमा शान्ति सम्झौता भएपछि उनले आफ्नो किशोर अवस्थाको लामो समय माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा बिताए। हाल उनी सामान्य नागरिक जीवन बिताइरहेका छन् र युद्धका कठोर भोगाइहरूलाई समाजसामु ल्याउने प्रखर व्यक्तिका रूपमा चिनिन्छन्।